+
+

ओलीले नेपाली क्रिकेटरलाई दिए जितको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ९:३०

२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् । ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु,’ भन्दै ओलीले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना !’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?