+
+

कतारबाट आईएमई र युनिमनीको विन बिग क्याम्पेन सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १७:१६

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अन्लाइन एन्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सेवाग्राहीहरू युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आईएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

सोही क्याम्पेनको अवधि १ चैत २०७९ देखि १ जेठ २०८० सम्म जम्मा ६२ दिनका लागि लागु हुने कम्पनीले जनाएको छ ।

उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेञ्ज कतारबाट आईएमई गर्दा आईएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्नका लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?