+
+

१९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा ‘इम्ब्रेस अटिजम’ शीर्षकमा कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १७:१५

काठमाडौं । रक ब्याण्ड १९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ । अटिजमसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘इम्ब्रेस अटिजम’ भन्ने नाराका साथ ब्याण्डले कन्सर्ट गर्न लागेको जनाइएको छ ।

काठमाडौं महानगरपालिका र अटिजम केयर नेपाल सोसाइटीसँगको सहकार्यमा हुने १९४७ एडी ब्याण्डको सांगीतिक प्रस्तुति निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उक्त सांगीतिक कार्यक्रममा सहभागी भई अटिजमबारे जनचेतना फैलाउन सहयोग गर्न भिडियो सन्देशमार्फत आह्वान गरेकी छन् ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले अष्ट्रेलिया सरकारले अपाङ्ग समावेशी विकासलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने भन्दै उक्त सांगीतिक कार्यक्रम ऐतिहासिक हुने विश्वास लिएको बताएकी छन् ।

१९७४ एडी ब्याण्डले अटिजम सचेतनाको महत्वपूर्ण विषयसँग जोडिएर सांगीतिक प्रस्तुति दिन पाउँदा खुसी लागेको बताएको छ । ‘अटिजमले बोलिरहेको छ र हामीले सुन्ने समय भएको छ,’ ब्याण्डले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?