
काठमाडौं । जेभियर इन्टरनेसनल कलेज, कालोपुलमा विज्ञान, आईटी र बिजनेस एक्स्पो सुरु भएको छ । शुक्रबारसम्म हुने एक्स्पोको बिहीबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति सिंहले दिगो समाजका लागि विज्ञान, सूचना प्रविधि र उद्यमशीलतामा जोड दिनुपर्ने बताए । ‘अबको पुस्तालाई क्रान्ति ल्याउने युवा नै हुन्,’ उनले भने ।
एक्स्पोका निर्देशक तथा जेभियर इन्टरनेसनल कलेजका प्रिन्सिपल दीपेन दाहालले विभिन्न विद्यालय, कलेज तथा अभिभावकका १० हजारभन्दा बढी दर्शकले एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4