+
+

बेनी–जोमसोम सडक आजदेखि ५ घण्टा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते ६:१५

३ चैत, म्याग्दी । बेनी–जोमसोम सडक शुक्रबार (आज)देखि दैनिक ५ घण्टा बन्द गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गरिएको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले चैत ३ गतेदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए ।

चैते दशैंको समयमा कागबेनीमा स्नान गर्ने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते भने यातायात सञ्चालन हुनेछ ।

बेनी–जोमसोम सडकले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?