+
+

यस्तो छ इसेवा मनि ट्रान्स्फरका विजेताले उपहारमा पाउने घर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १५:२४
इसेवा मनि ट्रान्स्फरले अफरका विजेतालाई उपहारमा दिने घर

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो । यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् ।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।

साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल ६ जेठसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सेवाग्राहीहरू यस अवधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान  गर्नका  लागि यो योजना २ महिना थप गरिएको छ । बम्पर उपहारको छनोट प्रक्रिया १२ जेठ २०८० सम्म सञ्चालन हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?