+
+
रोजगारी :

नेपाल कृषि अनुसन्धान परिषद्‍मा ठूलो संख्यामा कर्मचारी माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:४४

३ चैत, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले एक साथ ठूलो संख्यामा कर्मचारी माग गरेको छ । परिषद्ले शुक्रबार सूचना निकाल्दै विभिन्न पदमा खुला तथा समावेशी पदमा आवेदन माग गरेको हो ।

परिषद्ले वैज्ञानिक सेवा/समूह अन्तर्गत वरिष्ठ वैज्ञानिक पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । साथै प्राविधिक अधिकृत पदमा समेत कर्मचारी माग भएको छ । साथै प्रशासन र लेखा समूहमा समेत कर्मचारीको माग भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका देशका विभिन्न स्थानमा रहेका निर्देशनालयबाट आवेदन दिने सकिने भएको छ । आवेदन दिन सकिने मिति २ वैशाख २०८० सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर भने ९ वैशाखसम्म आवेदन दिन सकिने भएको छ ।

वैज्ञानिक समूहमा वरिष्ठ वैज्ञानिकलाई अधिकतम उमेर ४५ वर्ष तोकिएको छ । यससम्बन्धी सूचना शुक्रबारको गोरखापत्रमा प्रकाशित भएको छ । परिषद्ले आजै आन्तरिक मूल्यांकन बढुवा र आन्तरिक प्रतियोगितात्मक परीक्षाको आवेदन समेत खुलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?