+
+

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १६:५७

३ चैत, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् ।

वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयान भएका हुन् ।

३ चैतमा चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कर्याकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्ष लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरालाई चयन गरेको छ ।

यस्तै एसोसिएसनको कार्यकारी सदस्यमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, डा. इन्द्र कट्टेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?