+
+

वसन्त ऋतुका लागि आरोहण अनुमति दिन सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १८:०१
फाइल तस्वीर

३ चैत, काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् ।

विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ । उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।

विभागका अनुसार यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका ३/३ जना छन् । नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट २/२ जनाले अनुमति लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?