+
+

आइतबारसम्मै हावाहुरी र चट्याङसहित वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १९:१७

३ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्‍म नै देशभर मेघ गर्जन, हावाहुरी र चट्याङसहित वर्षा जारी रहने जनाएको छ ।

अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव र सक्रिय अवस्थामा छ। त्‍यसकारण कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। यो क्रम २ दिन (शनिबार र आइतबार)सम्म चलिरहन्छ।’

मौसमविद् मानन्धरका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पूर्वीभन्दा पश्चमी भुभाग लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिममा बढी वर्षा हुने उनले बताइन् ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार चैत ४ गते शनिबार दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग,हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तर, राति देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने  छ ।

यस्तै चैत ५ गते आइतबार दिँउसो देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहति वर्षाको सम्भावना छ भने राति पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको हुने मौसम पुर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।

मेघ गर्जन, चट्याङ्ग र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन पनि माहाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?