+
+

पेशागत महासंघमा खनालको अध्यक्षतामा नयाँ समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १४:२४

४ चैत, काठमाडौं । पेशागत महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले प्रेमलकुमार खनालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । २९ फागुनदेखि १ चैतसम्म काठमाडौंमा भएको महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा प्रभादेवी बज्राचार्य, रामप्रसाद रिमाल, योगेन्द्र यादव, किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी र शरणकुमार गुरुङ रहेका छन् ।

त्यस्तै महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, सीताकुमारी ओझा, पूर्णबहादुर बुढा, रामकुमार महत र विश्वनारायण मिश्र रहेका छन् । सचिवमा भवानी खड्का, विकास सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव रहेका छन् ।

त्यस्तै महाधिवेशनबाट सभामुखमा शंकरप्रसाद सुवेदी र उपसभामुखमा सिन्धु पाण्डे चयन भएका छन् । लेखा समिति संयोजकमा भोलानाथ उपाध्याय, सदस्यहरुमा धनबहादुर खत्री र सरोजकुमार भण्डारी चयन भएका छन् ।

महासंघको महाधिवेशनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । महाधिवेशनले सुमधुर श्रम सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्‍याउन, श्रम शक्तिको वास्तविक अवस्थाको अध्ययन अनुसन्धान गर्न, श्रमिकहरुको पञ्जीकरण गर्न, ज्ञान, सीप, क्षमता र सशक्तीकरण अभिवृद्धि गर्न र कल्याणकारी कामका लागि नीति कार्यक्रम तय गर्न राष्ट्रिय श्रम आयोग गठन तत्काल गर्न माग गरेको छ ।

त्यस्तै श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन संचालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले त्यसलाई यथाशीघ्र संशोधन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?