+
+

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्र्याकमा पास गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते २०:२७

४ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनका १० दल संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउन सहमत भएका छन् ।

भोलि आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा (संसद) बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पेश गर्ने तयारी छ । त्यसको अघिल्लो दिन शनिबार बालुवाटारमा बसेको १० दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुबै विधेयक छिटो अगाडि बढाउन सहयोग मागेका थिए ।

उनले कसरी फास्ट ट्र्याकबाट विधेयक अगाडि बढाउन सकिन्छ भनेर सुझाव मागेका थिए । दलहरुले नेकपा एमालेसँग पनि परामर्श गर्न र सभामुखले बोलाउने कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्न सुझाव दिएका छन् ।

‘दुबै विधेयक फस्ट ट्र्याकबाट गरौं, समितिमा पठाउनुभन्दा संसदमा छलफल गरेर अघि बढाऔं भन्नेमा हामी सबैको सहमति छ’, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले अनलाइनखबरसँग भने, ‘हामीले नागरिकता, संघीय निजामती लगायतका विधेयकलाई पनि टेबल गरौं भनेका छौं ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ गते आफूले विश्वासको मत लिन लागेको भन्दै सहयोगका लागि समेत आग्रह गरेका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमै विश्वासको मत लिएका थिए । तर सरकार गठनका क्रममा भएको सहमति विपरीत प्रधानमन्त्रीले राष्ट्रपतिमा कांग्रेसलाई साथ दिएपछि नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेको छ ।

सरकारलाई विश्वासको मत लिएर पनि प्रतिपक्षमा बसेको कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादी लगायतका दलहरु भने सरकारमा जाने तयारीमा छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिन लागेका हुन् । ६ गते १ बजे बस्ने संसदको बैठकमा उनले विश्वासको मत माग्ने छन् । राष्ट्रपति निर्वाचनमा एकठाउँमा आएका दलहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिन सहमत रहेको नेताहरुले बताएका छन् ।

बालुवाटार बैठकपछि कांग्रेस कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सञ्चारकर्मीहरुसँग भने, ‘सबै दलको औपचारिक निर्णय भोलि हुन्छ, तर आज सबै दलको प्रतिक्रिया सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?