+
+

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ८:०८

५ चैत, काठमाडौं । प्रिमियर लिगमा शनिबार राति चेल्सीले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा एभरटनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलमा चेल्सी जितनजिक पुगे पनि अन्तिम समयमा गोल बेहोरेपछि अंक बाँड्न बाध्य भयो ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलको ५२औं मिनेटमा जाआओ पेलिक्सले गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए ।

तर ६९औं मिनेटमा अब्दुलाय डाकुरेले एभरटनका लागि बराबरी गोल गरे ।

७६औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । काऐ हाभार्टले पेनाल्टीमा गोल गरेपछि चेल्सीले २-१ को अग्रता बनायो ।

जित नजिक पुगेको चेल्सीले एक मिनेट बाँकी छँदा गोल खायो । ८९औं मिनेटमा एभरटनका लागि वैकल्पिक खेलाडी एलिस रेको सिम्सले डेकुरेको पासमा गोल गरे ।

सिम्स ७९औं मिनेटमा इड्रिसा गुएको स्थानमा मैदान प्रवेश गरेका थिए । अन्तिममा गोल गर्दै एभरटनको हार टारे ।

बराबरीपछि चेल्सीले एक स्थान सुधार गरेपनि नवौँ स्थानमा उक्लेन अवसर गुमायो । २७ खेलबाट ३८ अंकसहित चेल्सी दशौं स्थानमा उक्लेको छ ।

एभरटन २८ खेलबाट २६ अंकसहित १५औं स्थानमा छ र रेलिगेसन जोनबाट २ अंकले मात्र माथि छ ।

शनिबार नै भएको अन्य खेलमा टोटनहमले दुई गोलको अग्रता कायम राख्न नसक्दा साउथह्याम्पटनसँग ३-३ को बराबरी खेलेको छ । लिड्स युनाइटेडले वल्भ्सलाई ४-२ र एस्टन भिल्लाले एएफसी बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । लेस्टर र ब्रेन्टफोर्डले १-१ को बराबरी खेलेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?