+
+

गर्भवती भएको हल्ला फैलिएपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १२:०३

काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना यतिबेला दुई कारणले चर्चामा छिन् । उनको निर्माण रहेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा छ भने उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर पछिल्लो हल्लाले यी हिरोइनलाई हैरानी दिएको छ ।

हैरानी पनि यतिसम्मकी उनले प्रेस काउन्सिलको ध्यानाकर्षण नै गराउनुपरेको छ । म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट सुनिएकी हुन् । केही दिनअघि आफू अभिनित म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नीताले आफूले जन्माएका सिर्जना सन्तानजस्तै लाग्ने अभिव्यक्ति दिएकी थिइन् ।

फिल्म वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई वास्तविक जस्तो बनाएर पेस गर्दा यसले कलाकारको जीवनलाई असर गरेको गुनासो उनको छ । यस्तो क्रियाकलापले कलाकारको जीवनमा नकारात्मक प्रभाव परिरहेको नीताको भनाइ छ । ‘यस्तो प्रचलनप्रति मेरो घोर भन्र्सना छ,’ उनी लेख्छिन्, ‘मेरो जीवनमा यसले नकारात्मक प्रभाव परेको छ । यस क्रियाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?