+
+

टीयू क्रिकेट रंगशालाको सरसफाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:५४

काठमाडौं । सिजी फुड्सले त्रिवि क्रिकेट (टीयू) रंगशालाको सरसफाइ गरेको छ । रंगशाला वरपर फ्यांकिएका पानीको बोतल, चाउचाउको खोल लगायतका फोहोर संकलन गरेको सीजी फुड्सले जनाएको छ ।

आईसीसी लिग टू अन्तर्गत गत बिहीबार भएको नेपाल र यूएईबीचको खेल हेर्न ठूलो संख्यामा दर्शक रंगशाला पुगेका थिए । सो क्रममा दर्शकहरुले प्रयोग गरेका पानीका बोतल, चाउचाउको खोल रंगशाला बाहिर यत्रतत्र छरिंदा त्यहाँको वातावरणमा समेत असर पुगेको थियो ।

सामाजिक दायित्त्व अनुसार कम्पनीले रंगशाला वरपरको फोहोर सफाइ गरेको सिजी फुड्सले जनाएको छ । उक्त प्रतियोगितमा नेपालले डकवर्थ लुइस मेथडबाट यूएईलाई ९ रनले पराजीत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?