+
+

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १७:२१

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले ।

यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र आरआरआरको टिमले टिकट किन्न २५ हजार डलर अर्थात् प्रतिव्यक्ति २०.६ लाख रुपैयाँ भारु तिरेको थियो । गीतकार चन्द्र बोस र संगीतकार एमएम कीरावाणी र उनका पत्नीहरूलाई मात्र समारोहमा निःशुल्क प्रवेश दिइएको थियो ।

इकोनोमिक टाइम्सका अनुसार गीतका लागि मनोनित भएकाले मात्र एमएम कीरावाणी, गीतकार चन्द्रबोस र उनीहरूका पत्नीहरूलाई समारोहमा निःशुल्क प्रवेश दिइयो । ओस्कारका अनुसार अवार्ड विजेता र उनका परिवारका सदस्यले मात्र निःशुल्क प्रवेश पाउँछन् । जबकि अन्य सबैले कार्यक्रम लाइभ हेर्न टिकट किन्नुपरेको थियो ।

अवार्डको क्रममा एउटा भिडियो भाइरल भएको थियो, जसलाई लिएर भारतीय फ्यानले असन्तुष्टि व्यक्त गरेका थिए । राजामौली र उनको परिवारलाई पछाडिको सिट दिइएको थियो । फ्यानले पछिल्लो लहरमा सिट दिइएकोप्रति निन्दा गरिरहेका छन् । गीतले ओस्कार जितेको फिल्मको टिमलाई अन्तिम लहरमा राख्नु अपमानजनक भएको उनीहरुको टिप्पणी छ ।

यसबाहेक अर्को पनि विवाद भयो । वास्तवमा, कमेडियन र टेलिभिजन होस्ट जिमी किमेल, जसले ओस्कार होस्ट गरेका थिए, कार्यक्रमको क्रममा आरआरआरलाई बलिउड फिल्म भने । मूल रूपमा तेलुगूमा बनेको यो फिल्मलाई बलिउड भनिंदा फ्यान निकै रिसाए । राजामौली आफैंले आरआरआर तेलुगू फिल्म भएको बताएका छन् ।

९५ औं ओस्कार अवार्ड समारोहमा भारत र बलिउडको दबदबा रहेको छ । ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले उत्कृष्ट मौलिक गीतको अवार्ड जित्यो, जबकि द एलिफन्ट व्हिस्पर्स सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्यो । भारतले ओस्कारमा कुल तीनवटा मनोनयन प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?