+
+

शंकरदेव क्याम्पसमा ३७ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १८:२३

५ चैत, काठमाडौं । १४ वर्षपछि स्ववियु निर्वाचन भएको शंकरदेव क्याम्पसका जम्मा ३७ प्रतिशत मत मात्रै खसेको स्ववियु निर्वाचन समितिले जनाएको छ । ८ हजार ४८८ मतदाता विद्यार्थी मध्ये जम्मा तीन हजार १७७ मत मात्रै खसेको छ ।

२१ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदको लागि ११ उम्मेदवार सहित प्रत्यक्ष तर्फबाट ५२ जना उम्मेदवार रहेका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एकजना कोषाध्यक्ष र ८ जना सदस्इहरु निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?