+
+

धर्मको आधारमा राज्यले कसैप्रति विभेद गर्दैन : मन्त्री मोदी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते २०:१९

५ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन् ।

मोरङको रंगेलीमा नेपाल सन्थाल इसाई समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘राज्य सबैको अभिभावक हो, कुनै जाति वा धर्म विशेषलाई लिएर राज्यले कसैप्रति विभेद गर्दैन’ मन्त्री मोदीले भने ।

माओवादीको नेतृत्वमा भएको जनयुद्धकै कारण मुलुक धर्मनिरपेक्षता गएको बताउँदै उनले भने, ‘माओवादी जनयुद्धकै कारणले देश धर्मनिरपेक्षतामा गएको हो, कोही हिन्दु धर्म मान्नेहरु होलान्, कोही मुस्लिम, बौद्ध धर्म त कोही क्रिश्चियन होलान्, धर्मको आधारमा राज्यले कसैलाई विभेद गर्दैन ।’

राज्यको कुनै एउटा धर्म हुन नसक्ने उनको भनाइ थियो । ‘राज्यको आफ्नो कुनै एउटा धर्म हुँदैन, राज्य सबैको हो, सबै धर्म र सबै जाति राज्यका लागि बराबर हुन्छ।’ मन्त्री मोदीले भने ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, गयनन्द मण्डल, रंगेली नगरपालिका मेयर दिलिप कुमार अग्रवाललगायत उपस्थित थिए ।

आजै मोरङको बेलबारीमा जारी धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै मन्त्री मोदीले राज्यले सबै धर्म र जातिलाई समान व्यवहार गर्ने बताएका थिए । सबै जातजाति र धर्म मान्नेहरुको भावनालाई राज्यले उचित सम्मान गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?