+
+

‘छक्कापञ्जा ४’ले म्युट गर्‍यो ‘सहकारी’बारेको संवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १२:५७

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए ।

‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने शब्दलाई म्युट गरिएको हो,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले बिप हालेर म्युट गरिएको छ ।’

गत साता सहकारी महासंघले चलचित्र विकास बोर्डमा पत्र लेख्दै छक्कापञ्जा ४ को उक्त संवादप्रति ध्यानाकर्षण भएको जनाएको थियो भने सहकारी सञ्चालकहरुले निर्मातालाई त्यो शब्द हटाइदिन आग्रह गर्दै आएका थिए । सबैभन्दा पहिले सिते बा नामले चर्चित कलाकार मधुसुदन पाठकले सामाजिक सञ्जालबाट उक्त आग्रह गरेका थिए ।

फिल्मको एक रोमान्टिक दृश्यमा ‘सहकारी’ शब्द समावेश थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?