+
+

संसद विघटनको खुला पक्षपोषणले चुनौती दियो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:१६

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति विपरित संसदको पहिलो बैठकमै संसद विघटनको विषय उठाउँदा आफू संकटमा परेको बताएका छन् ।

विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार गठन गर्दा विगतका विषयमा नकोट्याउने सहमति भएको बताए । तर त्यस विपरीत संसदमा पहिलो दिन नै संसद विघटनको संवेदनशील विषयले प्रवेश पाएको बताए । उनले भने, ‘त्यो विषयको उठान न सान्दर्भिक थियो, न प्रासंगिक नै थियो ।’

सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको विषयको प्रवेशले गठबन्धनमा अविश्वास बढाउनुका साथै संविधान र लोकतन्त्रको निरन्तरता र संसदको स्थायित्वमै प्रश्न खडा गरेको उनले सुनाए ।

प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मैले दुःखका साथ भन्नुपर्छ लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसद विघटनको खुला पक्षपोषणले ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती दियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?