+
+

‘पाताल लोक २’ सिरिजबाट प्रशान्त तामाङको बलिउड डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १४:५४

काठमाडौं । ‘गोर्खा पल्टन’ फेम्ड अभिनेता तथा गायक प्रशान्त तामाङले भारतीय सिरिज ‘पाताल लोक’को दोस्रो श्रृंखलामार्फत बलिउडमा डेब्यु गरेका छन् । तामाङले इन्स्टाग्राममार्फत ‘पाताल लोक २’ सिरिजको छायांकन सकिएको जानकारी गराएका छन् ।

गत महिनादेखि दार्जिलिङ क्षेत्रमा यो वेब-सिरिजको छायांकन हुँदै थियो । आइतबार सिरिजको छायांकन सकिएको प्रशान्तले जनाएका छन् । अमेजन प्राइमको यो सिरिजको शीर्ष भूमिकामा बलिउड अभिनेता जयदीप अलवात छन् । यो सिरिजले एक हाइप्रोफाइल घटनाको छानबिन गर्न खटिएको प्रहरी अधिकारीको कथा भन्छ । दोस्रो सिजनमा उक्त मुख्य पात्रले अन्डरवर्ल्ड समूहसँग गर्ने संघर्षलाई प्रस्तुत गरिनेछ ।

शीर्ष भूमिकामा जयदीप स्वयं छन् । नियो नोइर र क्राइम थ्रिलर जनरामा बनेको यो सिरिज तरुण तेजपालद्वारा लिखित पुस्तक ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित छ । अविनाश अरुण र प्रसित रोयले सिरिज निर्देशन गरेका हुन् । प्रशान्त अभिनित नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?