+
+

प्रावि तहमा माग गरिएभन्दा करिब ३ हजार कम शिक्षक सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १६:२६

६ चैत, काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ ।

आयोगको अनुसार शिक्षक संख्या माग गरिएको पदसंख्यामा दुई हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मेद्वार छनोट हुन नसकेको आयोगले जनाएको छ।

आयोगले प्रावि तह तृतीय श्रेणी शिक्षक पदका लागि १३ हजार २९७ आवेदन खुला गरेको थियो । सोही अनुसार २०७८ चैत १० गते र २०७९ असार १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको विभिन्न समयमा अन्तर्वार्ता आयोगले लिएको थियो ।

उक्त अर्न्तवार्तामा उत्तीर्ण उम्मेदवारलाई गत शनिवार स्थाइ नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?