+
+

विराट गोल्डकपको तयारी पूरा, विजेतालाई २० लाख १५ हजार पुरस्कार 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:०६

६ चैत, विराटनगर । चैत ९ गतेदेखि हुने विराट गोल्डकपको तयारी पूरा भएको छ ।

चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको हो ।  प्रतियोगितामा आयोजकसहित ८ टोली सहभागी हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

शहीद रगशाला विराटनगरमा  आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् । त्यस्तै संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् ।

भारतमा जारी आई लिगको दोश्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब सहभागी हुने तयारी थियो । तर अन्तिमसमयमा दिल्लीले नाम फिर्ता लिएको छ । दिल्लीको ठाउँमा डुक लयुल फुटबल क्लब भुटान सहभागी हुने छ ।

गोल्डकपको विजेताले २० लाख १५ हजार पुरस्कार पाउनेछन् । उपविजेताले १० लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गत सिजन विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएको थियो ।

२०१८ सालमा विराटनगर पहिलो पटक गोल्डकप सुरु भएको थियो । २७ औं संस्करणसम्म महेन्द्र गोल्डकपको रुपमा आयोजना गरिएको  एन्फा उपमहासचिव बसन्त अर्यालले जानकारी दिए  । २०६८ सालमा नाम परिवर्तन गरि विराट गोल्डकप राखिएको थियो । नाम परिवर्तन भएपछि सातौं पटक विराट गोल्डकप आयोजना गर्न  लागिएको हो । प्रतियोगिता गर्न २ करोड ५० लाख खर्च हुने विराट गोल्डकप ट्रष्टले जानकारी दिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?