+
+

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १८:०५

६ चैत, वीरगञ्ज । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

उनका अनुसार महिलाको टाउको र शरीरको बीच भागमा हात्तीले कुल्चेको छ । शव पोष्टमार्टमका लागि चन्द्रपु स्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?