+
+

रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १२:३३

७ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ ।

क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिए । मंगलबार अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको छ ।

‘समाजका विभिन्न पक्षका सरोकारवालासँग हामीले अध्ययन गर्न लागेका हौं’, झाले अनलाइखबरसँग भने, ‘उद्योग वाणिज्य महासंघको कुरा आज (मंगलबार) सुन्छौं ।’ अर्थतन्त्रको जटिल अवस्थामा राजनीतिक दल र प्रतिनिधिसभा सदस्यको भूमिकाका बारेमा महासंघसँग राय लिने झाले बताए ।

बुधबार उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ । अर्थतन्त्रपछि अन्य फरक क्षेत्रको विषयमा नेता र सांसदलाई प्रशिक्षित गरिने भएको छ ।

विषयगत विज्ञहरुका धारणा सुन्ने कार्यलाई प्राथमिकतामा राखिने झाले बताए । पार्टीले केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रशिक्षित गर्नका लागि उक्त अवधारणा ल्याइएको हो । ‘हामीले नबुझेका कुरा सोध्ने र प्रशिक्षित हुने हो । पार्टीका नेता तथा सांसदहरुले अध्ययनको दायरा बढाउने अवधारणा हो’, झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?