+
+

कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १४:१६

८ चैत, काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री अप्ठ्यारोमा परेका छन् ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् । कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।’

कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउन चाहेका छन् । प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता गोपाल पोखरेलका अनुसार अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट कुनै पत्र आएको छैन र बैठक पनि स्थगित भएको छैन ।

माओवादी संसदीय दलका नेता जम्मकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?