+
+
Shares

मावि तहका शिक्षकको परीक्षा तोकिएको समयमै हुन्छ : शिक्षक सेवा आयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १६:४१

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए ।

उनको भनाइ अनुसार परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ । आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै अर्थ मन्त्रालयसँग चार करोड २० लाख बजेट माग गरेको छ ।

अर्थ मन्त्रालयले नियमित काम नरोक्न भनेकाले आयोगको कुनै पनि काम रोकिने अवस्था नआउने सम्भावना रहेको सूचना अधिकारी मरहठ्ठाले बताए ।

उनले भने ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’

आयोगले गत पुष २५ गते ६८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते तोकेको छ ।

प्रावि तहमा ६ हजार १३ रिक्त पदमा विज्ञापन हुने

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन गर्ने तयारी पनि गरेको छ । आयोगको अनुसार प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन हुनेछ ।

आयोगको सूचना अधिकारी मरहठ्ठाले भने, ‘हामी प्रावि तहको विज्ञापन भोलि गर्ने अन्तिम तयारीमा छौं । विज्ञापन रोकिँदैन ।’ बजेट अभावको कारण प्रावि तहको विज्ञापन गर्न पनि समस्या हुन सक्ने सम्भावना नभएको मरहठ्ठाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?