+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोशी प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत ८ गते १९:३६
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई

८ चैत, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा चार सिट जितेर पाँचौं हैसियतमा रहेको एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेको हो ।

संसदीय दलका नेता राजेन्द्र राईले सत्ता गठबन्धनमा पार्टीको दाबी एउटा प्रदेश सरकारको नेतृत्वमा रहेको भन्दै त्यो कोशी नै भएको बताए ।

राई कोशी प्रदेशको पूर्व मुख्यमन्त्री हुन् । नेकपा एमाले विभाजन हुँदा कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । ‘चार वटा प्रदेशमा माओवादी र जसपाको नेतृत्व छ, परिवर्तन हुने एमालेले नेतृत्व गरेको प्रदेशमा हो’, उनले भने, ‘लुम्बिनी र गण्डकीमा एक–एक सांसद छन्, कोशी प्रदेशमा चार जना छौं ।’

पार्टीको सांसद संख्या कोशी प्रदेशमा बढी भएका कारण यहींको प्रदेश सरकारमा दाबी रहेको उनले राईले बताए । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको छलफल पछि भागबण्डा टुङ्गो लाग्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीले नेतृत्वमा दाबी गरेपछि कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएका छन् । ‘कोशी प्रदेशको अवस्था विशिष्ट छ’, नेपाली कांग्रेसका एक सांसदले भने, ‘भागबण्डाका नाममा पार्टी नेतृत्वले प्रदेशमा अन्याय गर्नुहुन्न ।’

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?