+
+
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता :

लाओसविरुद्ध नेपाललाई २-० को अग्रता, अनन्त र नवयुगले गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १९:१८

८ चैत, काठमाडौं ।  प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २-० को अग्रता लिएको छ ।

३१ औं मिनेटमा नवीन लामाकाे कर्नरमा अनन्त तामाङले गाेललाइनबाट सानदार हेडरमार्फत गोल गरेका हुन् ।

यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा सानदार अर्को गाेल गरेर नेपालको अग्रता २-० बनाए ।

नवुयुगले राष्ट्रिय टिमबाट आठाैं अन्तर्राष्ट्रिय गाेल गरेका हुन् भने दुइ वर्षयता पहिलाे गाेल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगकाे खेलमा उनले गाेल गरेका थिए।

नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।

सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।

नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवासलाई पनि पहिलाे राेजाइमा नै मैदान उतारेका छन् ।

नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र विकास खवास

नेपाल र लाओसबीचको खेलका तस्वीरहरू हेर्नुहोस् :

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?