+
+

घर निर्माण गर्दा सडकपेटीमा फोहोर गर्नेलाई महानगरले तिरायो १० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १८:३०

९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ ।

महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ ।

घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।

महानगरपालिकाले बिहीबार नै कालिमाटीका सीपचन्द्र मण्डललाई पनि २ हजार जरिवाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै उनलाई महानगरले जरिबाना तिराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?