+
+

फिल्म ‘जारी’ ट्रेलर : पतिपत्नीबीचको सम्बन्धमा आउने दरार र जारीप्रथाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १३:४७

काठमाडौं । वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्मले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर रिलिज गरिएको हो । फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् । यो नि:सन्तान दम्पतीबीच समयक्रमसँगै सम्बन्धमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । ट्रेलरमा त्रिपक्षीय संघर्षलाई चित्रण गरिएको छ ।

‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरले यो फिल्ममार्फत कमब्याक गरेका हुन् । रामबाबु गुरुङ फिल्मका निर्माता छन्। पत्रकार सम्मेलनमा निर्देशक सुब्बासहित निर्माता गुरुङ, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल, शिल्पा मास्के, प्रियंका कार्की उपस्थित थिए । रामबाबु गुरुङको पछिल्लो फिल्म फूलबारीका शीर्ष कलाकारहरु प्रियंका र शिल्पा पनि प्रचारमा साथ दिन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?