+
+

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप र सुचित्राको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १६:२४

काठमाडौं । नेपाली फिल्म निर्देशकको छाता संस्था चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार काठमाडौंमा हुँदैछ । १५ सदस्यीय कार्यसमितिको लागि हुने निर्वाचनमा वर्तमान महासचिव जनकदीप पराजुली र पूर्वअध्यक्ष सुचित्रा श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

महासचिवमा अहिलेसम्म अरुणकुमार प्रधान र कोषाध्यक्षमा समुन्द्र भट्टले उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा रामराजा दाहाल र माधव खरेल आकांक्षी छन् भने सचिवमा देवेन्द्र पाण्डे र जनक खड्काले उम्मेदवारी दिने भएका छन् ।

शनिबार दिउँसो २ बजे मनोनयन दर्ता हुने समाजकी अध्यक्ष रक्षा सिंह राणाले जानकारी दिइन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पराजुलीले अनुभवलाई संघको हितमा लगाउने बताएका छन् । संस्थालाई बैद्धिक र सिर्जनात्मक ढंगले अगाडि बढाउने, प्रविधिमैत्री बनाउने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने लगायत एजेण्डा उनले पेस गरेका छन् ।

शनिबार बिहानदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा चलचित्र क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई अतिथि बनाइने भएको छ । निर्माता संघ, चलचित्र संघ, प्राविधिक संघ, नृत्य संघ, चलचित्र पत्रकार संघपछि निर्देशक समाज पनि अधिवेशनमा होमिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?