+
+

करिनाले गरिन् ‘थ्री इडियट्स’को सिक्वेल बन्न लागेको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १६:४४

काठमाडौं । आमिर खान स्टारर हिट फिल्म ‘थ्री इडियट्स’को सिक्वेल बन्ने कुराले यतिबेला बलिउड गर्माएको छ । यो चर्चा यतिबेला सुरु भयो जतिबेला आमिरसहित आर माधवन अर्का कलाकार सरमन जोशीको गुजराती फिल्म ‘कङ्ग्राच्युएसन’लाई प्रवद्र्धन गर्न इन्स्टाग्राम लाइभ भिडियोमा उपस्थित भए ।

‘थ्री इडियट्स’का यी तीनै कलाकार एकसाथ भेला भएपछि फ्यानले सिक्वेल बन्ने अनुमान गर्न थालेका छन् । लगत्तै अभिनेत्री करिना कपुरले पनि इन्स्टाग्राममा भिडियो पोस्टमार्फत सिक्वेल बन्न लागेको संकेत गरिन् । करिनाको यो संकेतले झनै फ्यानको शंकामा बल मिलेको छ ।

हालै अफ्रिकामा छुट्टी मनाएर फर्किएकी करनाले एउटा भिडियो सेयर गर्दै भनिन्, ‘तीनजना कलाकारलाई देखाइएको क्लिप ‘यी तीनजनाले हामीबाट लुकाइरहेका छन् । सरमनको फिल्मको प्रमोसनका लागि भनिएपनि उनीहरु सिक्वेलका लागि काम गरिरहेका हुन सक्छन् । तीनजनाले मात्र काम गर्नेगरी । म बिना कसरी ? मलाई लाग्छ, बोमनलाई पनि यसबारे थाहा नभएको हुन सक्छ ।’

करिनाले सिक्वेल बनाउने गन्ध आएको भन्दै भिडियोको अन्त्य गरेकी छन् । फेब्रुअरीमा राजकुमार हिरानीको ‘थ्री इडियट्स’मा क्रमशः फुन्सुक वाङ्डु, राजु र फरहानको भूमिका खेलेका आमिर, शरमन र माधवन शरमनको फिल्मको प्रमोसनका लागि जम्मा भएका थिए । फ्यानले उक्त लाइभमा ‘अल इज वेल’ लेखेर कमेन्ट गर्दै सिक्वेल बनाउन समेत आग्रह गरे ।

एक प्रशंसकले ‘राजु, रान्चो र फरहानको पुनर्मिलन’ भन्दै लेखे । ‘थ्री इडियट्स’ चेतन भगतको उपन्यास ‘फाइभ प्वाइन्ट समवन’मा आधारित थियो र २००९ को सबैभन्दा हिट फिल्म बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?