+
+

पोखरेली आँगनमा दौंतरी कवि सरूभक्त र तीर्थ श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ११ गते २०:४५

१० चैत, पोखरा । पोखरालाई आधारभूमि बनाएर देशैभरि कहलिएका २ दौंतरी साहित्यकारका सिर्जना, अनुभूति र किस्साहरु एउटै मञ्चबाट पोखरेलीले सुन्ने अवसर पाएका छन् । दौँतरी कविता वाचनमा उभिएका नेपाली कविता साहित्यका दुई मानक स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठ आफ्नै आँगनमा कहिले रंगिलो बने त कहिले साहित्यमा गम्भीर बनेर पोखिए ।

नेपाली लेखक संघ गण्डकीले दुई कविलाई दौंतरी कविता नाम दिएर मञ्चमा उतारेको हो । २०१२ मा बागबजारमा जन्मिएका सरुभक्त र २०१६ मा धोबीगौँडामा जन्मिएका तीर्थको घर एकै ठाउँमा पर्छ । मुश्किलले एक मिनेटको पैदल दूरीमा हुर्किएका दुईबीच चिनाजानी पृथ्वीनारायण क्याम्पस पढ्दा मात्रै भएको उनीहरुले सुनाए ।

नाटक मञ्चनको सिलसिलामा भेटिएका दुई कविले पोखराको साहित्य उन्नयनमा सहकार्यमात्रै गरेनन्, संस्थागत विकास र पोखराबाट दुबै देशमै मानक कविका रुपमा अग्लिन सफल भए । नेपाली लेखक संघ, गण्डकीका महासचिव सञ्जीव पौडेलले नेपाली लेखक संघको पृष्ठभूमि व्यक्त गरेर कार्यक्रमको थालनी गरे ।

तीर्थ श्रेष्ठद्वारा लिखित ‘हिउँमा लेखिएका नामहरू’ कविता वाचन गरेर ईश्वरमणि अधिकारीले कार्यक्रमको थालनी गरेका थिए । यी दुबै कवि पञ्चासे यात्रामा जाँदा तीर्थले यो कविता लेखेका थिए । सरुभक्तले सो कार्यक्रममा त्यो यात्रालाई पनि सम्झिएका थिए । पागल वस्तीका लागि मदन पुरस्कारसमेत पाएका प्रख्यात साहित्यकार सरुभक्त र कवि तीर्थले साहित्यसँग सँगै कसिलो मित्रता र क्रियाशीलतालाई पनि पस्किए ।

कविताकै क्रममा दुवै साहित्यकारहरूले साहित्यलेखनका माध्यमबाट प्रज्ञा प्रतिष्ठानको नेतृत्वसम्मका बारेमा आ–आफ्ना अनुभव पस्केकाृ अध्यक्ष ईश्वरमणि अधिकारीले जानकारी दिए ।कार्यक्रममा लेखन, नाट्यकर्म र अन्य साहित्यिक गतिविधिमा संलग्नताका विविध आयामका बारेमा छलफल गर्दै दौँतरी संवाद अगाडि बढाइएको लेखक संघका महासचिव सञ्जीव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?