+
+

आज प्रतिनिधि सभाको बैठक, कार्यसूचीमा सत्य निरुपण विधेयक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १०:१९

१२ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख छ । अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् ।

आजको बैठकमा त्यसमा छलफल हुने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन् । तर संक्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक पनि कार्यसूचीमा

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट नै संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साथै सभामुख देवराज घिमिरेले पूर्वसभासद गणेशप्रसाद विमलीको निधनको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि छ । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका विमलीको ७४ वर्षको उमेरमा २०७९ चैत ७ गते निधन भएको थियो ।

यसैबीच आजै दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पेस गर्ने कार्यसूचि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?