+
+

प्रकाश सपुतको ‘परदेशी २’ कात्तिक ३ मा, ‘भष्मे डन’सँग भिडन्त तय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १२:१८

काठमाडौं । गायक समेत रहेका अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । दशैं छेकोमा फिल्म रिलिज हुनेछ ।

यसअघिको दशैंमा आउने भनिएको फिल्म फागुनमा आउने भनिएको थियो तर दुवैपटक फिल्म पोस्टपोन्ड भयो । निर्माताले आगामी दशैंमा फिल्म रिलिज गर्ने भन्दै नयाँ दृश्यको छायांकन पनि गरिरहेका छन् । फिल्ममा सपुतसहित प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ ।

उक्त मितिमा प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ पनि आउँदैछ । अहिले छायांकन भइरहेको भष्मे डनमा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्लको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?