+
+
Shares

प्रभु क्यापिटलद्वारा विद्यार्थीलाई सेयर बजारसम्बन्धी सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १६:५८

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले काठमाडौंको मैतिदेवीस्थित युनिभर्सल कलेजमा सेयर बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल मनी विक–२०२३ अन्तर्गत बीबीएमा अध्ययनरत विद्यार्थीका लागि सेयर बजारसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको प्रभु क्यापिटलले जनाएको छ । कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत विषयहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण दिएका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?