+
+

द्वन्द्वको काँडा मात्रै होइन, फूलको पनि कुरा गर्नुपर्छ : सांसद सन्तोष परियार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:३४

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले द्वन्द्वको नकारात्मक विषयहरुको मात्रै चर्चा गर्न नहुने बताएका छन् ।

आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै परियारले सशस्त्र द्वन्द्वकै कारण समावेशी नेपाल पाएको बताए ।

‘द्वन्द्वको काँडाहरुको मात्रै कुरा गरेर हुँदैन । अब हामीले द्वन्द्वको फूलहरुको पनि कुरा गर्नुपर्छ’ उनले भने, ‘द्वन्द्वबाट हामीले यो समाजलाई रुपान्तरण गरेका छौं द्वन्द्वको एउटा शाश्वत नियम भनेको त्यो व्यवस्थापन भन्दा पनि रुपान्तरण हुनुपर्छ । त्यो द्वन्द्व रुपान्तरण गरिरहँदा त्यसकै जगमा हामीले समावेशिता पाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं ।’

संक्रमणकालीन न्याय राम्रोसँग सम्पादन नगरेमा यो व्यवस्थामाथि नै प्रश्न उठ्ने र भावी पुस्ताले पनि जवाफ दिनुपर्ने सांसद परिवारले बताए । ‘यो राज्य विकासका क्रममा भोगेको एउटा भोगाइ हो, यसलाई न्याय सम्पादनमा लगेर मिलाऔं, राज्यले संक्रमणकालीन न्याय टुंग्याउन राम्रो भूमिका खेलोस्’ उनले भने ।

संक्रमणकालको न्याय व्यवस्थापन सामान्य अवस्थाको जस्तो नहुने पनि सांसद परिवारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?