+
+

तत्काल नागरिकता विधेयक ल्याउन जसपा सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:४७

१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद रञ्जुकुमारी झाले संसदमा नागरिकता विधेयक ल्याउन माग गरेकी छन् ।

आइतबार संसदमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले संक्रमणकालीन न्यायलाई दिगो रुपमा सम्बोधन गरेर जानुपर्ने बताइन् ।

यो विधेयक पारित गर्नुपर्नेमा आफ्नो समर्थन रहेको भन्दै उनले नागरिकता विधेयक पनि संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘जसरी गम्भीरताका साथ यो विधेयक संसदमा आयो त्यसरी नै गम्भीरताका साथ नागरिकता विधेयक यो सदनमा आओस्’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?