+
+

बाजुरामा गएराति भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते ७:१०

१३ चैत, काठमाडौं । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।

केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालको जमिन मुनि धेरै ऊर्जा सञ्चित भएर बसेकाले भूकम्पको जोखिम रहेको भूगर्भविदहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?