+
+

क्वालालाम्पुरमा चार्टर्ड उडान मागेपछि प्राधिकरणले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १३:४८

१३ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति माग गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै ‘प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो ?’ भनी स्पष्टीकरण सोधेको हो । नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको ५ र काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ ।

हिमालय एयरलाइन्सले भने काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको १४ उडानको स्वीकृति पाएको छ । निगमसँग प्रतिसाता अझै ७ वटा नियमित उडानको अनुमति लिने सुविधा बाँकी छ । तर, निगमले २८, २९, ३० मार्च र १ अप्रिलमा काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा यात्रु चार्टर्ड उडानको अनुमति मागेपछि प्राधिकरणले प्राविधिक, व्यापारिक वा सञ्चालक कुन कारणले यस्तो चार्टर्ड उडानको माग भएको हो ? भनी निगमसँग स्पष्टीकरण सोधेको हो । यसबाट स्पष्ट पारी यथासिघ्र प्राधिकरणमा पठाउन समेत पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?