+
+

सुदूरपश्चिममाथि ९ विकेटको जितसँगै कोशीको फाइनल सम्भावना बलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १३ गते १७:००

१३ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको फराकिलो अन्तरको जित निकाल्दै कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि–२० प्रतियोगिताको फाइनल पुग्ने संभावना बलियो बनाएको छ ।

यो जितका साथै कोशीले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि पाएको ८३ रनको मध्यम विजयी लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

कोशीको जितमा काजोल श्रेष्ठ ५० बलमा ५ चौकासहित ४० रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा २ चौकासहित २ रन बनाइन् । काजोल र रुविनाले पहिलो विकेटका लागि १३.४ ओभरमा ७३ रनको साझेदारी गर्दै टिमलाई सहज जित नजिक पुर्‍याएका थिए ।

तेस्रो क्रममा आएकी अप्सरी बेगम ४ बलमा १ चौकासहित ४ रनमा अविजित रहिन् । सुदूरपश्चिमको लागि कविता जोशीले एक विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले १८.५ ओभरमा ८२ रनमा अल आउट भएको हो । सुदूरपश्चिम १६ ओभरमा ७९–३ को बलियो अवस्थामा रहे पनि त्यसपछिका १७ बलमा दुई रन जोड्दा ७ विकेट गुमायो ।

सुदूरपश्चिमको लागि कप्तान विन्दु रावलले ३० र सम्झना खड्काले १६ रन जोडिन् । ऋतु कनौजिया १३ रनमा आउट भइन् ।

सुदूरका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कविता कुँवर ९ र रुबी पोदार ४ रनमा आउट भइन् । कविता जोशी, लक्ष्मी साउद, यशोदा विष्ट, रेवती धामी र मनिषा चौधरीले खाता खोल्नै सकेनन् ।

कोशीको रुविना क्षेत्री र अप्सरी बेगमले समान ३–३ विकेट लिए । विभागीय क्लब एपप्एफले सुरुवाती ३ खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?