+
+

विराटनगर एफसी विराट गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ७:०८

१४ चैत, काठमाडौं ।घरेलु टोली विराटनगर एफसी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको पहिलो सेमिफाइनलमा विराटनगरले जावलाखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा ५९औं मिनेटमा मेसुको ओलमोले गोल गर्दै अग्रता दिलाएका थिए ।  विमल घर्तिमगरले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिस देउलाले क्लियर गर्न खोज्दा मेसुकेले जाली चुमाउँदै विराटगनरका लागि गोलको खडेरी तोडेका थिए ।

५७ औं मिनेटमा युसुफ थपलियाले गरेको प्रहार पोस्टमाथि लागेर बाहिरिएको थियो । ८६औं मिनेटमा समिराज थोकरको हेडर पनि खेर गएको थियो । लगातार गोल फर्काउने प्रयास जावलाखेलले गरे पनि सफल हुन सकेन ।

८७औं मिनेटमा अभिषेक गुरुङले विराटनगरका लागि दोस्रो गोल गरे । विराटनगरका ओलाओले अफिजलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अभिषेकले टप कर्नरबाट उत्कृष्ट फिनिसिङ गरेका थिए ।

पाँच मिनेट समय थप गरिएको थियो । सोही अतिरिक्त समयको तेस्रो मिनेटमा युसुफ थपलियाले जावलाखेलका लागि १ गोल फर्काएका थिए । त्यसपछि पनि जवालखेलले लगातार दबाब बनाए पनि सफल हुन सकेन ।

प्रतियोगिता अन्तर्गत मंगलबार डिफेन्डिङ च्याम्पियन एपीएफ र केरलाको लुका सकर क्लब भिड्ने छन् ।

उपाधि विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?