+
+

सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छ : सचेतक बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १३:२३

१४ चैत, काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन् । सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उनलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताए।

उनले भने, ‘प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो। किनभने उहाँ रेफ्रिको भूमिकामा हुनुहुन्छ।’

उनले प्रतिनिधिसभा नियमावलीमा सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराउनु उनीहरुको सार्वभौम अधिकारको कुरा भए पनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए। मंगलबार न्युजएजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए।

उनले भने, ‘रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ ? सिंगो खेलको अवस्था के रहन्छ ? त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो । रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भूमिका निर्वाह गर्नुपर्छ।’

उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताए । उनले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताए ।

उनले भने, ‘हामीले हिजो व्यवस्था गरेका अधिकारहरु छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिंगो हाउसको प्रभावकारीतामा गतिरोध निर्माण हुन्छ ।’

सचेतक बर्तौलाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उनले बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडि बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने बताए ।

उनले भने, ‘हाम्रो नेता भनेको सभामुख हो हामीले उहाँलाई विश्वास गर्नुपर्छ । कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युट अनुसार मात्रै सभामुख अगाडी बढ्नुपर्छ भनेर यदि हामी भन्न थाल्यौँ भने लोकतान्त्रिक संस्थाहरुलाई, सर्वोच्च जनप्रतिनिधि संस्था संसद गतिहिन हुनसक्छ । अवरोधहरुको जञ्जालमा पर्नसक्छ । यो विषयलाई हामीले राजनीतिक परिपक्वताका साथ हाउसको साझा विषय बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?