+
+

सनराइज बैंकद्वारा १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १४:२१

काठमाडौं । सनराइज बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका १०० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको बैंकले जनाएको छ । देशभरका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी वित्तीया साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फर्निचर’ रहेको थियो ।
बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरका १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिंदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको सचेतनाले आर्थिक समृद्धिमा योगदान पुग्न सक्ने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?