+
+

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ६:४१

१५ चैत, पोखरा । चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको आन्तरिक तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?