+
+

३९ वर्षपछि स्कटल्याण्डले स्पेनलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ८:०२

१५ चैत, काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ए को खेलमा स्कटल्याण्डले स्पेनलाई २-० ले पराजित गरेको छ ।

स्कट म्याकटोमिनेको दुई गोलमा स्कटल्याण्डले स्पेनमाथि सानदार जित निकालेको हो ।

मंगलबार राति घरेलु मैदान हाम्पडेन पार्कमा भएको खेलमा म्याकटोमिनेले सातौं र ५१ औं मिनेटमा गोल गरे ।

स्कटल्याण्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो । यसअघि १९८४ मा विश्वकप छनोटमा स्कटल्याण्डले स्पेनलाई पराजित गरेको थियो ।

युरोकप छनोटमा लगातार दोस्रो जितपछि स्कटल्याण्ड २ खेलबाट ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।

स्पेन ३ अंकमा साथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?