+
+

विराट गोल्डकप : आयोजक र भारतीय क्लब फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते ८:१३

१५ चैत, विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको उपाधिका लागि आयोजक विराटनगर सिटी क्लब र भारतीय टोली लुका सकर क्लबले खेल्ने भएका छन् ।

दोस्रो सेमिफाइनल खेलमा साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै लुका सकरले उपाधिका लागि आयोजकसँगको भेट पक्का गरेको हो ।

बुधबार शहीद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो । निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल र सविन गुरुङले गोल गरे । विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो. आरसानो र पउल ओपारेले गोल गरे ।

प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?