+
+
Shares

संसदमा फरार सांसद कोइरीको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १६:२४

१५ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी भएको छ । बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद महतोको खोजी गरेका हुन् ।

‘आज प्रतिनिधिसभाको १७ औं बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ’, खतिवडाले भने, ‘एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिइकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन ।’ संसद बाहिर पनि चहलपहल नदेखिएको भन्दै सांसद खतिवडाले महतोको खोजी गरेका हुन् ।

खतिवडाले भनेका छन्, ‘महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ । सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ ।’

खतिवडाले प्रश्न गरेका बेला सभामुख देवराज घिमिरे सभामुखको आसनमा थिएनन् । एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सदन चलाइरहेका थिए । उनले खतिवडालाई जवाफ दिए, ‘ध्यानाकर्षणको लागि माननीयज्यूलाई धन्यवाद ।’

मधेश आन्दोलनका क्रममा प्रहरी सई थमन बिकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन् । उनले फरार रहेकै अवस्थामा महोत्तरी–१ बाट ४ मंसिरको चुनावमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?