+
+

राष्ट्रपतिको सल्लाहकारमा कुँवर र डा. नेपाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १९:१३

१५ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र  प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।

दुईदिनअघि निर्णय भएर बुधबार (आज) नियुक्ति पाएको नेपालले जानकारी दिए । कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले पनि नियुक्ति पाएको पुष्टि गरे ।

कुँवर गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् । उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए ।

अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका डा. नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर हुन् । गभर्नर नियुक्त हुनुअगाडी उनी पनि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका प्रमुख आर्थिक सल्लाहकार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?